• २०८१ बैशाख ७ शुक्रबार

डेम्बेलेको इन्जुरी बार्सिलोनाको टाउको दुखाई : फेरी १० साता बाहिर

kharibot

काठमाडौँ । बार्सिलोनाका फ्रेन्च स्टार ओउसमान डेम्बेले घाइते भएका कारण करिब १० साता मैदान बाहिर भएका छन् ।

बार्सिलोनाले डेम्बेलेको साप्रोमा इन्जुरी भएको जानकारी दिदै ठिक हुन करिब १० साता लाग्ने बताएको छ । 

डेम्बेले बुधबार च्याम्पियन्स लिग अन्तर्गतको बोरुसिया डोर्टमण्डसँगको खेलको क्रममा घाइते भएपछि मैदान छोडेका थिए । सो खेल बार्सिलोनाले ३-१ गोल अन्तरले जितेको थियो ।

बार्सिलोनाले डेम्बेलेको अवस्था बारे जानकारी दिदै उनी अब फेब्रुअरीमा मात्र मैदानमा आउने बताएको छ ।

बार्सिलोनाले भनेको छ, 'टेस्टबाट निधो भएको छ की डेम्बेलेको दाहिने साप्रोमा समस्या देखिएको छ र करिब १० साता ठिक हुन लाग्ने देखिएको छ ।'

अब डेम्बेलेले ला लिगामा एटलेटिको म्याड्रिड, रियल मल्लोर्का, रियल सोसियडाड, रियल म्याड्रिड र डिपोर्टिभो आल्भेजसँगका खेल गुमाउने भएका छन् । त्यस्तै उनले च्याम्पियन्स लिग अन्तर्गत इन्टरमिलानसँगको खेल समेत गुमाउने भएका छन् ।

डेम्बेलेको बार्सिलोनामा इन्जुरी ठुलो समस्या हुदै आएको छ । २०१७ मा जर्मनी क्लब डोर्टमण्डबाट नेइमारको ठाउमा बार्सिलोना आएका डेम्बेलेलेलाई बार्सिलोनाले १३६.५ मिलियन डलर खर्च गरेर भित्र्याएको थियो । उनले अहिलेसम्म ४६ खेल इन्जुरीका कारण गुमाइसकेका छन् भने अब फेरी थप ९ खेल गुमाउने देखिएको छ ।

उनले बार्सिलोनामा अहिलेसम्म कुल ७४ खेल खेलेका छन् भने १९ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै