• २०८१ बैशाख ७ शुक्रबार

बायर्न म्युनिख लिभरकुसनसँग पराजित, लिगको चौथो स्थानमा झर्यो 

kharibot

काठमाडौँ । बायर्न म्युनिख जर्मनीको लिग अन्तर्गतको खेलमा बायर लिभरकुसनसँग पराजित भएको छ । 

गएराती भएको खेलमा बायर्न आफ्नै घरेलु मैदानमा लिभरकुसनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

लिभरकुसनको जितका लागि लिओन बेलीले दुई गोल गरेका थिए । बेलीले खेलको १०औ मिनट र ३५औ मिनेटमा गोल गरेका थिए । त्यस्तै बायर्नका लागि एक गोल थोमस मुलरले खेलको ३४औ मिनेटमा गरेका थिए ।

योसँगै लिभरकुसनले सन् २०१२ देखि पहिलो पटक बायर्नविरुद्ध जित निकालेको छ ।

यो हारसँगै बुन्डेसलिगामा बायर्न चौथो स्थानमा पुगेको छ । बायर्नको १३ खेलमा २४ अंक रहेको छ । साथै लिभरकुसनको भने १३ खेलमा २२ अंकसहित लिगको सातौ स्थानमा रहेको छ ।

अहिलेसम्म लिगमा लेइपजिग १३ खेलमा २७ अंकसहित शिर्ष स्थानमा छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै