• २०८१ बैशाख १२ बुधबार

कास्की-२ अपडेट : बिद्या भट्टराई दोब्बर मतले अगाडी  

kharibot

कास्की । शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना जारी रहेको छ ।

पछिल्लो मतगणना अनुसार कास्की-२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएकी छन् ।

प्राप्त मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ७७०१ मतको अग्रता बनाएकी छन् । भट्टराईले अहिलेसम्म १५ हजार ५०८ मत पाएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ७ हजार ८०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ३६० मत प्राप्त गरेका छन् । त्यस्तै साझा पार्टीका रजनी केसीले ३६८ मत पाएकी छन् ।

निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार राती साढे १० बजे मतगणना सुरु गर्ने तयारी गरिए पनि मुचुल्का विवादले बिहान साढे ४ बजे मात्रै मतगणना सुरु भएको हो ।

२०७४ सालको निर्वाचनमा नेकपाका रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै