• २०८१ बैशाख ७ शुक्रबार

वैकल्पिक राजनीति फेरी अस्वीकृत, अब के हुन्छ ?

kharibot

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास उपनिर्वाचनमा पनि आफ्नो असफल भएको छ । निर्वाचन अगाडी कास्की-२ को प्रतिनिधि सभामा जित्ने दाबि गरेका साझा पार्टी र विवेकशील नेपाली दललाई कास्कीसहित अन्य ठाउका मतदाताले अस्विकार गरेका छन् ।

उनीहरुले आफ्नो मतसख्या हजारसम्म पुर्याउन पनि नसक्नुले वैकल्पिक राजनीतिक प्रति जनताको विश्वास अझै नदेखिएको प्रष्ट भएको छ । विवेकशील र साझा एक हुदा उनीहरुले गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको निर्वाचनमा ल्याएको मत नै उनीहरुको अहिलेसम्मको सर्वाधिक मत देखिएको छ ।

त्यसपछि भएको संसदीय निर्वाचनमा काठमाडौँ-१ मा रविन्द्र मिश्रले काँग्रेसका प्रकासमानलाई कडा टक्कर दिएपनि अन्य ठाउमा खासै प्रभाव देखाउन सकेनन् । यसैको निरन्तरता उपनिर्वाचनमा पनि देखिएको छ ।

भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा साझा पार्टीका सुरज प्रधानले ३९३ मत ल्याए ।

त्यस्तै कास्की-०२ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले केवल ९४२ मत ल्याएकी छन् । त्यस्तै गुलाब चुनाव चिन्हमा चुनाव लडेकी विवेकशीलकी जमुना शर्माले केवल ७७ मत पाएकी छन् ।

त्यसैगरी दाङ ३ (ख) को प्रदेश्सभामा उम्मेदवार बनेका साझा पार्टीका शिवकुमार चौधरीले केबल २६६ मत पाए । 

अझ धरान उपमहानगरपालिकाको नतिजा हेर्ने हो भने साझाका उम्मेदवार राजनकुमार श्रेष्ठले केवल १११ मत पाएका छन् ।

त्यस्तै वैकल्पिक राजनीति गर्न समाजवादी फोरमसँग हात मिलाएका डा. बाबुराम भट्टराईको समाजवादी पार्टीले तराइका ३ वडामा जित हासिल गरेपनि अन्य ठाउमा अवस्था साझा र विवेकशीलको जस्तै नै छ ।

हालै खुला राजनीतिमा आएका सीके राउत नेतृत्वको जनमत पार्टीले भने कुनैपनि वडामा प्रतिस्पर्धात्मक मत पाउन सकेन । राउतको जनमत पार्टीलाई पनि जनताले अश्विकार गरे । उनको प्रचारमा अघिपछि लागेकाहरु र जनताबीचको कनेक्सन उपचुनावको नतिजामा देख्न सकिएन । 

तराईमा राम्रै प्रभाव विस्तार गरिसकेको भनिएका सीके राउतको पार्टीले बलवा– २ महोत्तरीमा २२३ मत ल्याएर तेस्रो हुनु नै सबैभन्दा राम्रो नतिजा रह्यो ।

भ्रष्ट्राचार अनुमोदन भयो -रवीन्द्र मिश्र 

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनले भ्रष्ट्राचार र काण्डैकाण्डलाई अनुमोदन गरेको प्रतिक्रिया दिएका छन् ।

संयोजक मिश्रले कास्की-२ मा पार्टीको लज्जास्पद हारपछि पहिलो प्रतिक्रिया दिदै पार्टीले छोटो समयमा ‍जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको बताएका छन् ।

कास्की-२ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले केवल ९ सय ४२ मत प्राप्त गरेकी छन् ।   

मिश्रले भनेका छन्, 'पार्टीले छोटो समयमा ‍जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ। साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।'

त्यस्तै साझाका अर्का नेता मुमाराम खनालले यो उपनिर्वाचनले साझालाई ‘राजनीतिक जमीनमा टेक' भन्ने संदेश दिएको प्रतिक्रिया दिए । उनले यहि संदेश बोकेर कमजोरीको समीक्षा गर्दै पार्टी अगाडि बढ्ने बताए । 

उनले भनेका छन्, ' यो उपनिर्वाचनले साझालाई ‘राजनीतिक जमीनमा टेक' भन्ने शन्देस दिएको छ। यही शन्देस बोकेर कमजोरीको समीक्षा गर्दै पार्टी अगाडि बढ्नेछ । स्थायी असफलताले 'सफलता' पायो भन्दैमा हामी निराश भएका छैनौं । अझ डटेर आगामी निर्वाचनको सामना गर्नेछौं । स्थायी असफलताले 'सफलता' पायो भन्दैमा हामी निराश भएका छैनौं । अझ डटेर आगामी निर्वाचनको सामना गर्नेछौं ।'

त्यस्तै साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रतिक्रिया दिदै भनेका छन्, 'उपचारका क्रममा रहेको विरामीको टेस्ट रिपोर्ट नराम्रो आउनु चिकित्सकका लागि पनि चिन्ताको विषय हुन्छ नै । उपचार प्रक्रियामा नै त्रुटी पनि हुन सक्छ । टेस्ट रिपोर्टले अगाडिको उपचार प्रक्रिया सुधार्न सघाउँछ नै । बुझ्नु पर्ने मूलकुरा रिपोर्ट चिकित्सकको हैन विरामीको हो ! यो सन्दर्भ कुनै पुस्तकमा पढेको हो, तर कुन पुस्तक भन्ने संझना भएन । 'उँटले मरूभूमीमा हुने काँडे सिउँडिको डाँठ चपाउँछ । चपाउँदै गर्दा काँडाले घोचेर मुख आफ्नै रगतले भरिन्छ । त्यै रगत पिएर तिर्खा मेट्छ । मजा लिन्छ।'

समग्रमा मतदाताले पुरानै दललाई विश्वास गरेको देखिएको छ र यो विश्वासलाई तोड्न अहिलेको वैकल्पिक शक्ति असफल भएको छ । यो उपनिर्वाचन सबै किसिमले एक परीक्षा थियो सत्ता पक्ष र अन्य दलका लागि । जुन परीक्षामा वैकल्पिक राजनीतिक शक्ति बनाउछौ भन्ने दलहरुको अवस्था झन नाजुक देखिएको छ ।         
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै