• २०८१ बैशाख ११ मंगलबार

जाजरकोटकी एक गर्भवतीको उद्धार

kharibot

जाजरकोट । सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीय कमला तिरुवालाई हेलिकप्टरबाट आज उद्धार गरिएको छ।

पुसको पहिलो हप्तामात्र सुत्केरी हुने मिति भएको बताउने उनलाई सोमबारदेखि सुत्केरी ब्यथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो। अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए।

तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो। योसहित जाजरकोटमा आठ जना गर्भवतीको उद्धार गरिएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै