• २०८१ बैशाख ८ शनिबार

सुशासनका लागि कर्मचारीतन्त्र बाधक : मुख्यमन्त्री गुरुङ

kharibot

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुननसक्ने बताएका छन्।

अमेरिकी राजदूतावासको सहयोग र पोखरा उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय सरकारका पदाधिकारीलाई सुशासन सम्बन्धी तीन दिने तालीमको उद्घाटन समारोमा उनले व्यवस्था बदलिए पनि कर्मचारी तन्त्रको सोच नबदलिएका कारणले परिवर्तनको अनुभूति नागरिकले गर्न नसकेको बताए। 

उनले भने, “सुशासन शब्दमा भन्दा पनि व्यवहारमा सुन्दर देखिन्छ, कर्मचारी तन्त्रले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सकेनन्।” उनले सङ्घीय संरचनामा प्रभावकारीकार्य सञ्चालनका लागि स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समितिमार्फत प्रदेशका ८५ स्थानीय तहमा एकरुपता ल्याउने अभ्यास गरेको बताए।

स्थानीय प्रतिनिधिले पारदर्शी रुपमा आफ्नो जिम्मेवारी निभाउन सके नागरिकले सुशासनको प्रत्याभूत गर्नेसक्ने उनको भनाइ थियो। 

उनले प्रभावकारी कार्यपद्दतिका लागि स्थानीय तहलाई सशक्तिकरण गर्न प्रदेशले भूमिका खेल्ने बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महाङ्सघका महानिर्देशक धरणीधर खतिवडाले आर्थिक स्रोत र साधनको सदुपयोग गर्ने राजनीतिक नेतृत्व उत्तरदायी, जवाफदेही र पारदर्शी हुनुपर्ने बताए। समृद्धिको जग बलियो बनाउन स्थानीय सरकारका पदाधिकारी अझ बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

अमेरिकी राजदूतावासका प्रवक्ता एण्डीले सुसभ्य समाज र विकसित समाजका लागि सुशासन महत्वपूर्ण पाटो भएको बताए। यसका लागि स्थानीय सरकार सञ्चालनमा सुशासन तालीम महत्वपूर्ण हुने उनले भनाइ राखे।

नेपाल उद्योग वाणिज्यसङ्घका गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला र पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारी लगायतले सुशासन र आर्थिक विकासका लागि निजी क्षेत्र संधै सरकारलाई सघाउन तयार रहेकाले स्थानीय तहले जनताको हितमा पारदर्शीरुपमा काम गर्न सुझाव दिए। 

तीन दिनसम्म चल्ने उक्त तालीमको अमेरिकाको मेरील्याण्ड डेपुटी मेयर किरण सिटौलालगायतले सहजीकरण गर्नेछन्।

तालीममा २५ गाउँपालिका उपप्रमुखको सहभागिता रहेको पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन पोखरेलले जानकारी दिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै