• २०८१ बैशाख १३ बिहीबार

रजनीकान्तले फ्यानको खुट्टा ढोगेको तस्बीर भाइरल

kharibot

काठमाडौँ । तेलुगू फिल्म उद्योगका महानायक रजनीकान्तले फरक क्षमता भएको आफ्ना एक फ्यानको खुट्टा छोएको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । प्रणवको दुवै हात छैन तर उनि आफ्नो खुट्टाको सहायताले थुप्रै काम गर्न सक्छन् र त्यो देखेर प्रख्यात अभिनेता रजनीकान्त आश्चर्यचकित भएका छन् । 

दुवै जनाबीच करिब २० मिनेटको अन्तरक्रिया भएको थियो । उनीहरुको भेटको तस्बिरहरु सामाजिक संजालमा अहिले सबै तिर छाएको छ । फिल्म इन्डस्ट्रीमा कलाकारहरको फ्यान हुनु सामान्य कुरा हो, तर डाई हार्ट फ्यान भने निकै कम मात्रामा भेटिन्छन् । केरलाको पलक्कडमा बस्ने प्रणव आफ्नो मनपर्ने अभिनेता रजनीकान्तसंग एकपटक भेट्न चाहन्थे र एउटा स्पेशल गिफ्ट दिन चाहन्थे । 

सुपरस्टार रजनी नरम स्वभव भएका व्यक्ति हुन् र यस कुरालाई उनले आफ्नो फ्यानसंग गर्ने व्यवहारमा पनि देखाएका छन् । लाखैको मन जित्न सफल अभिनेता राज्निकान्त आफ्नो उदारतालाई सधैँ स्टारडमभन्दा माथि राख्छन् । 

प्रणवलाई भेटेर स्वागत गर्न रजनीकान्तले उनको खुट्टा ढोगेको थिए र उक्त फोटो अहिले भाइरल भएको छ । प्रणवसँगको कुराकानी पछि उनको प्रतिभा र काम प्रति प्रभावित भएका थिए । हालै भएको एउटा अन्तरवार्तामा प्रणवले आफुलाई रजनीकान्तसँग भेट्ने आफ्नो ठुलो सपना भएको बताएका थिए । रजनीकान्तले सो कुरा थाहा पाउने बित्तिकै प्रणवसँग भेटको व्यवस्था गरेका थिए । 

रजनीकान्त ए आर मुरुगाडोसको फिल्म 'दरवार' मा देखिदैछन् । मुम्बईमा खिचिएको उक्त फिल्ममा नायिका नयनथारा मुख्य भूमिकामा देखिने छिन् । यस फिल्ममा रजनीकान्तलाई दुई दशकपछि प्रहरीको भूमिकामा देख्न पाइने भएको छ । साथै रज्निकान्तले सिरुथाई शिवाको थलाइवर १६८ मा पनि काम गर्दै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै