• २०८१ बैशाख १३ बिहीबार

तेक्वान्दोमा वीर बहादुर महराले जिते स्वर्ण पदक

kharibot

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका वीर बहादुर महराले स्वर्ण पदक जितेका छन् । मंगलबार सम्पन्न खेलमा महराले तेक्वान्दोको पुरुषतर्फ ६८ केजी समुहमा स्वर्ण पदक जितेका हुन् ।

योसँगै जारी सागमा नेपालले तेक्वान्दोमा ९ स्वर्ण पदक जितेको छ भने समग्रमा नेपालले २३ स्वर्ण पदक जितेको छ ।

नेपालले तेक्वान्दो र कराँतेमा ९-९ स्वर्ण जितेको छ भने उसु र ट्रायथलनमा २-२ र एथलेटिक्समा एक स्वर्ण जितेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै