• २०८१ बैशाख ७ शुक्रबार

पाँच प्रमुख जिल्ला अधिकारीको सरूवा

kharibot

काठमाडौं । गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ । गृहले मंगलबार सूचना जारी गर्दै पाँचजना सिडिओको सरूवा गरेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सरुवा हुनेहरूमा नारायणप्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जीतेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको चितवनमा सरूवा गरिएको हो ।

भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, चितवनमा कार्यरत बस्नेतलाई पर्सामा सरूवा गरिएको छ भने गृह मन्त्रालय की सहसचिव पाण्डेलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ । यस्तै, लमजुङ जिल्ला प्रशासनमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका खड्का जिल्ला प्रशासन लमजुङ सरूवा भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै