• २०८१ बैशाख ११ मंगलबार

प्रचण्डको अध्यक्षतामा पहिलो पटक नेकपाको सचिवालय बैठक शुरु

kharibot

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमै रहेकाले बैठकमा सहभागी छैन् भने सचिवालय सदस्यहरू झलनाथ खनाल र  ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले बैठकमा अनुपस्थित रहेका छन् ।

यस अघि यहि मंसिर ५ गतेको सचिवालय बैठकले प्रचण्डलाई पार्टी काममा बढी केन्द्रित हुने गरी कार्यकारी अध्यक्ष बनाएको थियो भने आमरूपमा पार्टीको बैठकका अध्यक्षता गर्ने निर्णय गरेको थियो ।

सो निर्णय भएपछि नेकपाको सचिवालय बैठक आज पहिलो पटक प्रचण्डलेको अध्यतामा बसेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै