• २०८१ बैशाख ७ शुक्रबार

भारतीय पुर्वअर्थमन्त्री चिदम्बरमलाई जमानतमा छोड्न आदेश

kharibot

नयाँ दिल्ली । भारतीय पुर्वअर्थमन्त्री पी चिदम्बरमलाई सर्वोच्च अदालतले जमानतमा छोड्न आदेश दिएको छ । आइएनएक्स मिडियाको अनिमियता प्रकरणमा १०७ दिन हिरासतमा बसेका चिदम्बरमलाई अदालतले जमानत दिएको हो ।

७४ बर्षिय चिदम्बरमलाई अदालतले सार्वजनिक रुपमा बयान दिन भने प्रतिबन्ध लगाएको छ ।

यस अघि चिदम्बरमलाई अगस्ट २१ मा गिरफ्तार गरिएको भएपनि २२ अक्टोबरमा अदालतले जमानत दिएको थियो तर मनि लाउन्डरिङको विषयमा प्रहरीले फेरी उनलाई गिरफ्तार गरेको थियो ।      

के हो चिदम्बरमको प्रकरण :

भारतको मिडिया कम्पनी आइएनएक्स मिडियामा आएको ३०५ करोड विदेशी लगानीसम्बन्धमा अनियमितता गरेको आरोप चिदम्बरममाथि लागेको छ । उनीविरुद्ध २०१७ मे १५ मा पहिलो पटक एफआइआर दर्ता गरिएको थियो ।

आइएनएक्स मिडियामा आएको सो विदेशी लागि स्वीकृत गर्दा विदेशी इन्भेस्टमेन्ट प्रमोशन बोर्डले अनुमति दिदा अनिमितता गरेको आरोप लगाइएको हो ।  चिदम्बरम अर्थमन्त्री हुदा सन् २००७ मा सो अनुमति दिइएको थियो । 

साथै चिदम्बरमविरुद्ध एयरसेल-मेक्सिसको ३५ सय करोडको डिलमा चिदम्बरमको भूमिकाका रहेको आरोप लाग्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै