• २०८१ बैशाख १३ बिहीबार

भक्तपुर मालपोतका नासु र कार्यालय सहयोगी घुससहित पक्राउ

kharibot

फाइल तस्बीर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वासहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी भाईकाजी गौतमलाई ४० हजार घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका सेवाग्राहीबाट घुस मागेको सूचनाका अधारमा घुस लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट मंगलबार पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै