• २०८१ बैशाख १३ बिहीबार

डिएसपी ढुंगेललाई पक्राउको तयारी

kharibot

काठमाडौं । संगठित आपराधिक गिरोहसँग साँठगाँठको अभियोगमा डिएसपी कुमुद ढुंगेललाई पक्राउ गर्ने तयारी भएको छ । उनीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी भएपछि खोजी भइरहेको बुझिएको छ ।

आपराधिक गिरोहसँग साँठगाँठ गरेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको एउटा चरण पूरा भएपछि उनलाई पक्राउको तयारी भएको हो । पक्राउका लागि अदालतबाट पूर्जी जारी भइसकेको बुझिएको छ ।

नेपाल प्रहरीभित्र ओभर्ट र कोभर्ट अपरेशनमा चर्चा कमाएका ढुंगेलको सम्बन्ध निर्माण व्यवसायी शरद गौचनको हत्यामा मुछिएका समिरमान सिंहसँग पनि भेटिएको प्रहरी स्रोतले बताएको छ । उक्त गिरोहसँग उनको नियमित सम्पर्क र कुराकानी समेत भएको तथ्य भेटिएको छ ।

ढुंगेलमाथि डाँका समूहसँग साँठगाँठको आशंका छ । उनीमाथि छानविन गर्न गृहमन्त्री रामबहादुर थापा बादल देखि गृहसचिव प्रेमकुमार राई समेतले आइजीपी सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए । उनले आपराधिक गिरोहसँग मिलेर गम्भीर घटना घटाउन खोजेको तथ्य गृहमन्त्री बादल र गृहसचिव राईको टेबुलमा पुगेको थियो ।

काठमाडौंको रानीबारीमा भएको एउटा डकैती घटनामा डकैतीमा संलग्न व्यक्तिको डिएसपी ढुंगेलसँग सम्पर्क फेला परेको थियो । ढुंगेलले घटनामा संलग्न भनिउका विक्रम श्रेष्ठसँग नियमित सम्पर्क गर्ने देखि कुराकानी समेत गरेका थिए । तर, ढुंगेलको अन्य आपराधिक संगठनका सदस्यसँग मिलेमतोसहितको तथ्य तयार गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै