• २०८१ बैशाख १३ बिहीबार

राप्रपा अध्यक्ष थापा अमेरिकाको विभिन्न कार्यक्रम र भेटघाटमा

kharibot

काठमाडौँ । आजदेखि वाशिंगटन डिसीमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । क्यानाडाका पुर्व प्रधानमन्त्री तथा आईडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए । सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिईरहेको छ। नेपाली प्रतिनिधि मण्डलमा राप्रपा का सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी छन् ।

सम्मेलनमा प्रजातन्त्र,वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धन का समेत बिचार विमर्श हुनेछ । वाशिंगटन डिसीमा आजै आईडियुका अध्यक्ष तथा क्यानडाका पुर्वप्रम स्टेफेन हार्पर र राप्रपा अध्यक्ष तथा पुर्व उपप्रम कमल थापाबीच शिष्टाचार भेट भएको छ ।

भेटका अवसरमा विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसै बीच अध्यक्ष कमल थापा र एसिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्स  बिच पनि आजै शिष्टाचार भेट सम्पन्न भएको बर्तौलाले बताए । भेटघाटमा पार्टीका सहायक महामन्त्री प्रेम कुमार श्रेष्ठ र आमन्त्रित केन्द्रिय सदस्य लोकनाथ तिवारी सहभागी थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै