• २०८१ बैशाख १३ बिहीबार

भारतमा बलात्कार पिडितलाई जिउदै जलाइयो

kharibot

तस्बीर : पिटीआई

नयाँ दिल्ली । भारतमा हैदरावादमा एक डाक्टरको बलात्कारपछि हत्या गरेको प्रकरण बहसमा रहेका बेला फेरी उत्तर प्रदेश उन्नावमा रेप पिडित एक महिलालाई अपराधीले जिउदै जलाइ दिएका छन् । उनी लखनऊको सिभिल अस्पतालमा जीवन र मरणको संघर्ष गरिरहेकी छन् ।   

प्रहरीले यस घटनामा संलग्न चार अभियुक्तलाई पक्राउ गरेको छ भने अन्य एक जना फरार भएको बताएको छ । 

उन्नावको प्रहरी अधिकृत विक्रान्त वीरको अनुसार पिडित महिलाले यही वर्ष मार्चमा दुई जनाको विरुद्धमा रेपको मुद्धा दर्ता गरेकी थिइन् । 

प्रहरी महानिरीक्षक एसके भगतले चार जना अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको बताएका छन् । 

पिडित महिलाको शरीर ९० प्रतिशत भन्दा बढी जलेको छ ।  

आईजी एसके भगतको अनुसार , "पीड़ित महिलाले अभियुक्त बताएका मध्य ती अपराधीपनि थिए जसको विरुद्धमा उनले रेपको मुद्धा दर्ता गरेकी थिइन् ,ती अपराधी केहि दिन पहिला जेल पनि गएका थिए तर जमानतमा छुटेका थिए ।"     

पीडीत महिलामाथि  मार्च महिनामा ग्याङ्ग रेप भएको थियो र उक्त घटनामा मुद्धाको क्रममा उनि रायबरेली जाँदै थिइन् ।   

स्टेशन जाने समयमा पाँच व्यक्तिले उनलाई सडकमा समातेर उनको शरीरमा पेट्रोल हाली आगो लगाइदिएका थिए ।  

लखनऊको सिभिल अस्पतालको डाक्टरहरुको अनुसार "उनको ९० प्रतिशत भन्दा धेरै शरीर जलेको छ र अवस्था निकै गम्भीर छ । "

मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारिहरुलाई पिडित महिलाको हरसम्भव उपचार गर्न निर्देशन दिएका छन् र उनको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन् । 

पिडित परिवार भन्छन्, अभियुक्त जेलबाट छूटर आएपछि लगातार धमकी दिईरहेका थिए र यो भन्दा पहिला पनि थुप्रै चोटी हमलाको कोशिश गरेका थिए । 

प्रत्यक्षदर्शिको अनुसार आगो लगाएपछि महिला पीडाले ठुलो स्वरले चिच्चाउन थालिन् अनि मात्र अन्य मान्छेहरुले थाहा पाएका थिए । 

घटना बिहान पाँच बजे भएको कारण अँध्यारोको फाइदा उठाएर अभियुक्त भाग्न सफल भएका थिए ।  घटनाको बारेमा पिडित आफैले एक किलोमिटर हिडेर एक जना मानिसको सहायताले प्रहरीलाई सूचना दिएकी थिइन् । 

प्रहरीले सबैभन्दा पहिला सुमेरपुरको प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएको थियो तर गम्भीर हालतको कारण उन्नावको जिल्ला अस्पताल पाठाएको थियो तर त्यहाँ पनि डाक्टर नभएको कारण लखनऊको लागि रेफर गरे। अहिले उनको लखनऊमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै