• २०८१ बैशाख ७ शुक्रबार

साग ह्याण्डबलमा नेपाल सेमिफाइनलमा

kharibot

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी महिला ह्याण्डबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । 

समूह बी मा रहेको नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ए मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको आजको दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २६–२४ ले गोल गर्दै जीत हात पार्यो ।

नेपालका लागि उमा राईले सर्वाधिक आठ गोलको योगदान दिईन । तीमध्ये उनले सात गोल पेनाल्टीबाट गरेकी हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई २९–१९ ले जीत हात पारेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै