• २०८१ बैशाख १३ बिहीबार

साग पदक अपडेट : नेपालले जित्यो थप ७ स्वर्ण, भारत शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले विहिबार थप ७ स्वर्ण पदक जितेर कुल ३६ स्वर्ण पदक जितेको छ । यस अघि नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो भने मंगलबार भएको खेलमा ८ र बुधबार ६ स्वर्ण पदक जितेको थियो ।

विहिबार नेपालले उसु र साइक्लिङमा २-२ स्वर्ण पदक जितेको छ भने पौडी, तेक्वान्दो र भारत्तोलनमा एक स्वर्ण पदक जितेको छ ।      

विहिबार उसुतर्फ निमा घर्तिमगर र जुनी राईले स्वर्ण पदक जिते भने साइक्लिङतर्फ लक्ष्मी मगर र बुद्धिबहादुर तामाङले स्वर्ण पदक जिते । त्यस्तै पौडीतर्फ गौरिका सिंहले कीर्तिमानी स्वर्ण पदक जितिन् । गौरिकाले २०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेर पहिलो पटक पौडीको व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने नयाँ किर्तिमान बनाएकी छन् । त्यस्तै नेपालकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले पनि ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । भारत्तोलनमा महिला तर्फ पहिलो पटक स्वर्ण जितेर सञ्जुले नयाँ किर्तिमान बनाएकी छन् ।

त्यस्तै आज नेपालले तेक्वान्दोमा भुपेन श्रेष्ठले एक स्वर्ण जिताए ।

तेह्रौ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत बिहीबार सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगिता विभिन्न पदक जितेका खेलाडीहरु । तस्वीर : रत्न श्रेष्ठ


 

पदक तालिकामा नेपाल ३६ स्वर्ण, २६ रजत र ३४ काश्य पदकसहित कुल ९६ पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतले अहिलेसम्म ५८ स्वर्ण पदक, ४१ रजत र १९ काश्य पदक जितेर कुल ११८ पदकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै श्रीलंका १६ स्वर्ण, ३१ रजत र ५२ काश्यसहित कुल ९९ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

त्यसै गरि पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ५५ पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेशले ४ स्वर्ण १० रजत र ४० कास्यसहित कुल ५४ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

त्यसै गरि माल्दिभ्सले एक स्वर्ण र २ कास्य जितेको छ भने भुटानले ६ कास्यपदक जितेको छ ।         

अहिलेसम्म नेपाली खेलाडी को-कसले जिते स्वर्ण पदक: 
 

कराँतेतर्फ :
१.    कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.    कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.    कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.    कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५.    कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६.    कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७.    कराँते (५० केजी मूनि) अनु अधिकारी
८.    कराँते (६७ केजी ) नविन रसाइली
९.    कराँते (६८ केजी) सुनिता महर्जन
१०.   कराँते (६८ केजी ) अनुपमा मगर  
 
तेक्वान्दोतर्फ : 

१.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ 
२.    तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३.    तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६.    पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७.    पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
८.    तेक्वान्दो – काजल श्रेष्ठ
९.    तेक्वान्दो – वीर बहादुर महरा
१०.   तेक्वान्दो (६७ बर्ष मुनि) – संगीता बस्याल 
११.   तेक्वान्दो (८७ केजी) - सक्षम कार्की
१२. भुपेन श्रेष्ठ ( ८७ केजी मुनि)    

ट्रायथलनतर्फ 

१.    सोनी गुरुङ
२.    हिमाल टमाटा 

उसुतर्फ :

१.    विजय सिंजाली (थाउलो)
२.    सुस्मिता तामाङ (थाउलो थानछ्वान)
३.    दीपक हमाल (थाउलो)
४.    निमा घर्तिमगर (नानछ्वान)
५.    जुनी राई 

साइक्लिङ

१.    राजेश मगर – (डाउनहिल पुरुष )
२.    निश्मा श्रेष्ठ – (डाउनहिल महिला)
३.    बुद्धिबहादुर तामाङ – (क्रसकन्ट्री)
४.    लक्ष्मी मगर 

एथलेटिक्स

१.    सन्तोषी श्रेष्ठ - एथलेटिक्स (१० हजार मिटर)

भारत्तोलन 

१.    सञ्जु चौधरी - महिला (५९ केजी)

पौडी 

१.    गौरिका सिंह – (२०० मिटर फ्रीस्टाइल) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै