• २०८१ बैशाख ७ शुक्रबार

सन्जिब पराजुलीको गीतमा 'कार्टून क्रिउ' समुहको अन्तिम डान्स भिडियो

kharibot

काठमाडौँ । चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नयाँ गीत 'नाइँ नाइँ हुन्न हुन्न' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पराजुलीसंगै गायिका सुजता उपाध्न्यायको आवाज सून्न सकिन्छ ।

गीतमा मानस राजको शब्द रचना र संगीत रहेको छ भने गीतको एरेन्ज भने उदयराज पौडेलको रहेको छ । यस गीतलाई 'एल्बम' उडान-२ मा समाबेश गरिएको छ ।

गायक सन्जिबको 'नाई मलाई थाहा छैन', कर्के नजर, तिमी मलाई मन पर्छ, हिट हिट गीत, सोचमा लगायत अन्य दर्जनौं गीतहरु अत्यधिक चर्चामा रहेका छन् भने गायिका सुजाताको 'आए म त परेर चिटिक्कै', हात थामी, तिम्रो मौन इशारा लगायतका गीतहरुले लाखौं दर्शक श्रोताको मन पहिले नै जित्न सफल भएको छ ।

सार्वजनिक यस गीतमा जति आकर्षण रहेको छ गीतको म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनेको छ । आकर्षक लोकेशन अनि चर्चित डान्स ग्रुप ' कार्टुन क्रिउ ' को प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो निकै अलग कन्सेप्टमा तयार गरिएको छ ।

डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् भने यस भिडियोमा डान्स ग्रुपका सम्पूर्ण टिमको प्रस्तुति रहेको छ  र गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । 

म्युजिक भिडियो:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै