• २०८१ बैशाख १३ बिहीबार

साग पदक अपडेट : नेपालले थप्यो ५ स्वर्ण, भारत शिर्ष स्थानमा

kharibot

काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले शुक्रबार थप ५ स्वर्ण पदक जितेर कुल ४१ स्वर्ण पदक जितेको छ । यस अघि नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो भने मंगलबार भएको खेलमा ८, बुधबार ६ स्वर्ण र विहिबार ७ पदक जितेको थियो ।

नेपालका लागि शुक्रबार गल्फमा २ स्वर्ण जितेको छ भने भारत्तोलन, पौडी र ५ हजार मिटर दौडमा एक एक स्वर्ण जितेको हो ।

गल्फतर्फ सुबास तामाङले व्यक्तिगत र टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् । त्यस्तै ५ हजार दौडमा गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्ण जिताएका हुन् । त्यस्तै भारत्तोलनमा विकास थापाले ८९ केजी समूहमा थापाले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरेकी थिइन् । गौरिकाले यस अघि विहिबार २०० मिटर फ्रीस्टाइलमा पहिलो स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै पदक तालिकामा नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ काश्य पदकसहित कुल ११६ पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतले अहिलेसम्म ८१ स्वर्ण पदक, ५९ रजत र २५ काश्य पदक जितेर कुल १६५ पदकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै श्रीलंका २३ स्वर्ण, ४२ रजत र ६९ काश्यसहित कुल १३४ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

त्यसै गरि पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित कुल ७३ पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेशले ४ स्वर्ण १८ रजत र ५१ कास्यसहित कुल ७३ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

त्यसै गरि माल्दिभ्सले एक स्वर्ण र २ कास्य जितेको छ भने भुटानले ६ कास्यपदक जितेको छ ।

नेपाललाई ४१ स्वर्ण पदक जिताएका खेलाडीहरु :

१. मण्डेकाजी श्रेष्ठ - कराते (एकल काता)
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर - कराते (टिम काता, पुरुष )
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की - कराते (टिम काता ,महिला) 
४. लक्ष्मण तामाङ - कराते (५५ केजी) 
५. विप्लवलाल श्रेष्ठ - कराते (८४ केजीमाथि)
६. कुसुम खड्का - कराते (४५ केजी मुनी)
७. अनु अधिकारी - कराते (५० केजी मूनि)
८. नवीन रसाइली - कराते (६७ केजी)
९. सुनिता महर्जन - कराते (६८ केजी)
१०. अनुपमा मगर - कराते (६८ केजी) 
११. कमल श्रेष्ठ - तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
१२. सिना मादेन लिम्बु - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
१३. पार्वती गुरुङ - तेक्वान्दो पुम्से (२३–२९ वर्ष) 
१४. आयशा शाक्य - तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे - तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना – तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई – तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष)
१८. काजल श्रेष्ठ - तेक्वान्दो (४६ केजी मुनि)
१९. वीरबहादुर महरा - तेक्वान्दो (६८ केजी मुनि)
२०. संगीता बस्याल - तेक्वान्दो (६२ केजी मुनि)
२१. सक्षम कार्की - तेक्वान्दो (८७ केजी)
२२. भुपेन श्रेष्ठ - तेक्वान्दो (८७ केजी)
२३. सोनी गुरुङ - ट्रायथलन
२४. हिमाल टमाटा - डुवाथोलन
२५. विजय सिन्जाली - उसु (थाउलो)
२६. सुस्मिता तामाङ - उसु (थाउलो)
२७. दीपक हमाल - उसु (थाउलो)
२८. जुनी राई - उसु (५६ केजी)
२९. निमा घर्तीमगर - उसु (थाउलो-नान्दौ)
३०. राजेश मगर- साइक्लिङ (डाउनहिल)
३१. निश्मा श्रेष्ठ - साइक्लिङ (डाउनहिल)
३२. लक्ष्मी श्रेष्ठ - साइक्लिङ (क्रस कन्ट्री) 
३३. बुद्धिबहादुर तामाङ - साइक्लिङ (क्रस कन्ट्री)
३४. सुवास तामाङ - गल्फ (एकल) 
३५. सुवास तामाङ, शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ - गल्फ (पुरुष टिम)
३६. सन्जु चौधरी- भारोत्तोलन (५९ केजी) 
३७. विकास थापा - भारोत्तोलन (८९ केजी)
३८. गोपीचन्द्र पार्की - एथ्लेटिक्स (५ हजार मिटर दौड- पुरुष)
३९. सन्तोषी श्रेष्ठ - एथलेटिक्स (१० हजार मिटर-महिला)
४०. गौरिका सिंह - पौडी (२०० मिटर फ्रिस्टाइल)
४१. गौरिका सिंह - पौडी (२०० मिटर ब्याकस्ट्रोक)        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै