• २०८१ बैशाख ७ शुक्रबार

भारतको उन्नावमा जिउदै जलाइएकी बलात्कार पिडित महिलाको मृत्यु 

kharibot

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश उन्नावमा बलात्कार पिडित एक महिलालाई अपराधीले जिउदै जलाएर घाइते भएकी पिडित महिलाको उपचारको क्रममा निधन बह्येको छ ।

भारतीय मिडियाका अनुसार दिल्लीको सफ्तरजंग अस्पतालमा गएराती उनको मृत्यु भएको हो ।

९० प्रतिशत शरीर जेलको अवस्थामा उपचार भइरहेकी उनलाई लखनऊको सिभिल अस्पतालबाट शुक्रबार नै दिल्ली ल्याइएको थियो ।

प्रहरीले यस घटनामा संलग्न पाँच अभियुक्तलाई पक्राउ गरेको छ । 

उन्नावको प्रहरी अधिकृत विक्रान्त वीरको अनुसार पिडित महिलाले यही वर्ष मार्चमा दुई जनाको विरुद्धमा रेपको मुद्धा दर्ता गरेकी थिइन् । 

पीडीत महिलामाथि  मार्च महिनामा ग्याङ्ग रेप भएको थियो र उक्त घटनामा मुद्धाको क्रममा उनि रायबरेली जाँदै थिइन् । स्टेशन जाने समयमा पाँच व्यक्तिले उनलाई सडकमा समातेर उनको शरीरमा पेट्रोल हाली आगो लगाइदिएका थिए ।  

पिडितका परिवारका अनुसार अभियुक्त जेलबाट छुटेर आएपछि लगातार धम्कि दिईरहेका थिए र यो भन्दा पहिला पनि थुप्रै चोटी हमलाको कोशिश समेत गरेका थिए । 

घटना शुक्रबार बिहान पाँच बजे भएको कारण अँध्यारोको फाइदा उठाएर अभियुक्त भाग्न सफल भएका थिए । घटनाको बारेमा पिडित आफैले एक किलोमिटर हिडेर एक जना मानिसको सहायताले प्रहरीलाई सूचना दिएकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै