• २०८१ बैशाख ७ शुक्रबार

कुमारी बैंकको नक्साल भवनको भूमीपूजन कार्यक्रम सम्पन्न 

kharibot

काठमाडौ । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ ।

उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गरेका छन् । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो । 

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै