• २०८१ बैशाख ६ बिहीबार

इस्पानयोलमाथि रियल म्याड्रिडको सहज जित, शिर्ष स्थानमा उक्लियो

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पानयोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा राफेल भराने र क्रिम बेन्जामाले एक एक गोल गरेका थिए । भरानेले खेलको ३७औ मिनेटमा गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए भने बेन्जामाले खेलको ७९औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।

रियल म्याड्रिडका फेरल्याण्ड मेन्डी खेलको ८३औ मिनेटमा दोस्रो पहेलो कार्ड पाएर रातो कार्ड पाएपछि मैदान छोड्दा रियल १० खेलाडीमा सिमित भएको थियो ।

यो जितसँगै रियल म्याड्रिड फेरी ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलको १५ खेलमा ३४ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ । बार्सिलोनाले आज राति मालोर्कासँग खेल्दै छ ।

त्यस्तै इस्पानयोलको भने १६ खेलमा केवल ९ अंक रहेको छ भने लिगको १९औ स्थानमा रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै