• २०८१ बैशाख १३ बिहीबार

वडा सदस्यको मृत्यु

kharibot

तुलसीपुर । दाङका एक वडा सदस्यको मृत्यु भएको छ ।  शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको  लामो समयदेखि खुट्टाको बिरामी भएर आज बिहान ८१ वर्षका उमेरमा निधन भएको हो । उहाँ तत्कालीन नेकपा(एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित भएका हुन् । 

कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत भएका थिए । सोही वडाको कजेरेटोल निवासी कामी गाउँपालिकाका विभिन्न संस्थामा क्रियाशील थिए । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शोक वक्तव्य जारी गरी उनको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताए ।

वडा नं ४ का वडाध्यक्ष धनबहादुर केसीले लामो समय समाजसेवी तथा जनप्रतिनिधि भएर काम गरेका कामीसँग लामो अनुभव भएकाले उनको निधनले ठूलो क्षति पुर्याएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै