• २०८१ बैशाख १४ शुक्रबार

भूटान पहिलो पटक साग फुटबलको फाइनलमा, नेपालको दबाब बढ्यो 

kharibot

काठमाडौँ । जारी १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत भूटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै भूटान स्वर्ण पदक नजिक पुगेको हो ।

भूटानका लागि खेलको १९औँ मिनेटमा छिमी दोर्जीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६१औँ मिनेटमा दावा छिरिङले दोस्रो गोल गरे । खेलको ८०औँ मिनेटमा एशी दोर्जीले गोल गर्दै भूटानलाई ३–० को स्थितिमा पुर्याए ।

भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो ।  यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो ।

भूटानको जितपछि नेपाल भने दबाबमा परेको छ । अहिले भूटानको ४ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपालको ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

नेपालले भूटान र माल्दिभ्सलाई पराजित गर्यो भने श्रीलंकासँग बराबरी खेलेको थियो । त्यस्तै बंगलादेश भने भूटानसँग पराजित भएको थियो भने माल्दिभ्ससँग बराबरी र श्रीलंकासँग जित हासिल गरेको थियो । 

अब नेपाल फाइनलमा पुग्न आइतबार हुने बङ्गलादेशविरुद्धको खेलमा कम्तिमा बराबरी खेल्नु पर्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै