• २०८१ बैशाख १३ बिहीबार

लाजियोसँग युभेन्टस पराजित 

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस लाजियोसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

लाजियोको जितमा लुइज फेलिप रामोस, सेर्गी साभिक र फेलिप काइसेडोले एक एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

माउरीजियो सारी प्रशिक्षक बनेर आएपछिको युभेन्टसको यो पहिलो हार हो । सारीले युभेन्टसमा आफ्नो २०औ खेलमा पहिलो हार बेहोरेका हुन् । साथै रोनाल्डोले सिरी ए मा यस सिजनमा पहिलो अवे गोल गरेका छन् ।

यो हारपछि युभेन्टस सिरी ए मा फेरी शिर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । युभेन्टसको १५ खेलमा ३६ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको १५ खेलमा ३८ अंक रहेको छ । त्यस्तै लाजियोको १५ खेलमा ३३ अंक भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै