• २०८१ बैशाख ८ शनिबार

साताको पहिलो दिन नै नेप्से सकारात्मक

kharibot

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से सकारात्मक देखिएको छ।

नेप्से आज तीन दसमलव ४५ अंकले बढेर ११ सय ३५ दसमलव ३७ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७५ अंकले बढेर दुई सय ५० दसमलव ५२ बिन्दुमा चढेको छ।

एक सय ७१ कम्पनीहरुको चार हजार पाँच सय २५ वटा कारोवारमा नौ लाख ८७ हजार सात सय ३९ कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २८ करोड ७५ लाख २७ हजार आठ सय २५ रुपैयाँ पुगेको छ। 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन्। सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४८ अंकले बढेर एक हजार २६ दसमलव ८९ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक पनि पाँच दसमलव ५८ अंकले बढेर १५ सय ३९ दसमलव ४३ बिन्दुमा चढेको छ।

यि बाहेक होटल, लघुबित्त, ट्रेडिङ र अन्य समुहको सुचक पनि बढेकाछन्। जलबिद्युत समुहको सुचक भने आज चार दसमलव ६४ अंकले घटेर नौ सय २८ दसमलव ७७ अंकमा घटेको छ।

निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन्। 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ १० पैसाले बढेर एक सय ८१ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेशनल माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८४ पैसाले घटेर १२ सय २६ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता पाँच सय आठ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड १३ लाख ३६ हजार रुपैयाँको कारोवार भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै