काठमाडौँ । वेस्टइन्डिजले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टइन्डिजले भारतमाथि ८ विकेटको जित हासिल गरेको हो ।
भारतले दिएको १७१ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्टइन्डिजका लागि लेण्डी सिमन्सले सर्वाधिक ६७ रन बनाएका थिए । त्यस्तै एविन लुइसले ४० रन बनाए भने शिमरोन हिटमेयरले २३ तथा निकोलस पुरनले ३८ रन बनाएका थिए ।
भारतका लागि रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।
भारतका लागि शिवम दुवेले सर्वाधिक ५४ रन बनाएका थिए भने रिषव पन्तले ३३ रन बनाए । त्यस्तै रोहित शर्माले १५, वीरत कोहलीले १९, केएल राहुलले ११ श्रेयस अय्यरले १०, रविन्द्र जडेजाले ९ रन बनाएका थिए ।
वेस्टइन्डिजका बलर हेडेन वाल्श र केसरिक विलियम्सले २-२ विकेट लिए भने शेल्डन कोट्रेल, जासन होल्डर र खरी पियरेले एक एक विकेट लिए ।
यो जितपछि ३ खेलको सिरिज वेस्टइन्डिजले १-१ ले बराबरी गरेको छ ।
अब सिरिजको अन्तिम खेल आगामी बुधबार मुम्बईमा हुने छ ।