चितनवमा गोदावरी विमर्श

खरीबोट
ad

चितवन । कविडाँडा साहित्य समाजको आयोजना तथा चितवन साहित्य परिषद्को आतित्थमा भरतपुरमा महेश पौड्यालको पछिल्लो कथासंग्रह “त्यसपछि फुलेन गोदावरी” माथि कार्तिक १८ गते विमर्श भएको छ ।

चितवन साहित्य परिषद्को भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज आख्यानकार रामबाबु घिमिरे प्रमुख अतिथि तथा चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष साहित्यकार एवं समाजसेवी अच्युत वाग्ले विशेष अतिथि हुनुहुन्थ्यो ।

पुस्तकमाथि बोल्दै आख्यानकार अनुपम रोशीले महेशका कथाले मान्छेको भावना र मनोविज्ञानको पक्षलाई सुन्दर ढङ्गले उजागर गरेको बताइन् । बालबालिका, महिला तथा एक्ला पात्रहरूमार्फत पौड्यालले नेपाली धरातलबाट कारुणिक कथाहरू टिपेको टिप्पणी उनले गरिन् । अर्का आख्यानकार प्रा. डा. हरिहर पौडेलले पौड्यालको आख्यान शिल्पको प्रशंसा गर्दै उनले आगामि दिनमा पारम्परिक विषयभन्दा बद्लिएको समयका नवीन कथानक उठाउँदा राम्रोे हुने सल्लाह दिए । 

प्रमुख अतिथि रामबाबु घिमिरेले पौड्यालका कथा पश्चिमको विसङ्गतिवाद तथा पूर्वको शून्यवादबाट प्रभावित भएकोले मृत्युकेन्द्रित हुन पुगेको टिप्पणी गरे । सभापतिको रूपमा बोल्दै कथाकार तथा कवि एलबी छेत्रीले पौड्याल समालोचक पनि भएका हुँदा उनको कथामा सामाजिक विसङ्गतिप्रतिको आलोचना प्रकृतिक रूपमा आएको टिप्पणी गरे । कार्यक्रममा श्रष्टाहरू सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, रमेश प्रभात, उदय अधिकारी तथा दिनेश पौडेलले पनि कृतिमाथि आफ्ना अवधारणा राखेका थिए । 

अग्रज श्रष्टा प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, डा. लकाश पौडेल, डा. एकनारायण पौडेल, भूपिन, पुष्प अधिकारी अञ्जली, बालकृष्ण थपलिया, गणेश श्रमण, द्वारिका नेपाल, अजिता अधिकारी, लेखराम सापकोटा, महेश क्षितिज, शरद ऋतुजस्ता लोकप्रिय सर्जकहरूको पनि उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार

राजनीतिसँगै साहित्य-संगीतमा सक्रिय शाही

काठमाडौं । नेपाली कांग्रेसका सस्थापक नेता वीपि कोइराला राजनीतिज्ञ मात्र नभएर सफल साहित्यकार पनि थिए । वीपी कोइरालाका दर्जनौ पुस्तकहरु प्रकाशित भयका छन् । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने

साहित्यतर्फको नोबेल पुरस्कार विवादमा, मनोनयनमा परेका आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल

स्टकहोम। स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।  स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको

नेपाल स्रष्टा समाजले तीन स्रष्टालाई सम्मान गर्दै

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्ष तीन स्रष्टालाई सम्मान गर्ने भएको छ । शास्त्रीय शैलीका रचनाकार स्व नारायणदत्त शास्त्रीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान, साहित्य र सञ्चारका क्षेत्रमा साधनारत स्रष्टा सिर्जना

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश


z