• २०८१ बैशाख १३ बिहीबार

नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि शिर्ष नेताहरु छलफलमा व्यस्त

kharibot

फाइल तस्बीर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराहन्न १ बजे धुम्वाराही पार्टी कार्यालयमा बस्दैछ । प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यका कारण सहभागी नहुने भएका छन् । 
सचिवालय वैठक अघि अध्यक्ष प्रचण्ड नेकपाका शिर्ष नेताहरुसँग घनिभूत छलफलमा जुटेका छन् ।

आइतबार बिहान शिर्ष नेताहरु माधव कुमार नेपालसहितका नेताहरुसँग छलफल गरेका प्रचण्डले साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग झण्डै दुई घण्टा छलफल गरेका थिए ।

यसै क्रममा सोमबार बिहान समेत प्रचण्डले वरिष्ठ नेता माधव नेपाल, वामदेव गौतमलगायतका नेताहरुसँग छलफल गरेका छन् ।

कार्यकारी अधिकार पाएपछि प्रचण्डले पार्टीको एकताका काम सक्ने र देश भर पार्टीलाई चलायमान बनाउने रणनिति बनाउन व्यस्त देखिएका छन् ।

पार्टीको संगठन विभागमा प्रमुख रहेका गौतम र उपप्रमुख रहेका जनार्धन शर्माले तयार गरेको संगठनिक प्रतिवेदनलाई सचिवालय बैठकबाट पारित गरेर कार्यान्वयन गर्ने तयारीमा प्रचण्ड रहेका छन् ।   

गौतम र शर्माको प्रतिवेदनमा तीन महिनाभित्र सदस्यता नविकरण सक्ने, समयावधिभित्रै सदस्यता नविकरण नगर्नेले नयाँ विधिवाट फेरि सदस्यता लिनुपर्ने, प्रत्येक संगठित सदस्यले वर्षमा ४ जना पार्टी सदस्य बनाउनु पर्ने, पार्टी कमिटीमा बस्ने हरेक व्यक्तिले स्कूल विभागको प्रशिक्षण लिनुपर्ने, त्यसै अनुसार परीक्षा दिनुपर्ने र परीक्षामा पास भएको व्यक्तिमात्र कमिटीमा जोडिने व्यवस्थासहितको कार्ययोजना पेश गरेको छ ।

यो बाहेक सचिवालय बैठकले नयाँ सभामुखका बारेमा  र उपनिर्वाचनका बारेमा समेत समीक्षा गर्न सक्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै