काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकको बैठक बोलाएका छन् ।
यहि मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि एकपटक मात्र मन्त्रिपरिषद बैठक बसेको थियो ।
प्रधानमन्त्री ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएर बिहीबार बालुवाटार फर्केपछि आइतबारबाट राजनीतिक भेटघाट सुरु गरेका छन् ।
उनले नेकपा अर्का अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।
चिकित्सकहरुले केही दिन आराम गर्न सुझाएपछि उनले केही दिन बालुवाटार निवासमै बसेर आराम गरेका थिए ।
पार्टी सचिवालयको आज बस्ने बैठकमा भने प्रधानमन्त्री अनुपस्थित हुने भएपछि बैठक पार्टी कार्यालय धुम्बाराहीमा अपराहन्न १ बजे बस्न लागेको छ ।