• २०८१ बैशाख १४ शुक्रबार

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति भयो?

kharibot

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेको छ। महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ।

यस अघि आइतबार सुन प्रति तोला ७१ हजार २ सयमा कारोबार भएको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी सोमबार चाँदीको मुल्य प्रतितोला रु ५ ले घटेर प्रतितोला ८ सय ३५ मा कारोवार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै