• २०८१ बैशाख ८ शनिबार

साग क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले जित्यो काश्य 

kharibot

काठमाडौं । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटतर्फ नेपालले काश्य पदक जितेको छ । सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै तेस्रो भएर काश्य पदक जितेको हो । 

माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आरिफ सेखले सर्वाधिक ३२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । त्यस्तै बिनोद भण्डारी १२ रन बनाएर आउट भए भने पारस खड्का र दिपेन्द्र सिंह ऐरी २-२ रन बनाएर आउट भएका थिए । त्यस्तै रोहित पौडेलले अविजित १५ रन बनाए भने पवन सराफले अविजित १० रन बनाए ।

माल्दिभ्सका बलर उमर एडमले ३ विकेट लिए भने लीम शफीगले एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउदै ९४ रन बनाएको थियो ।

माल्दिभ्सका लागि मोहमद रिशवानले १७ रन बनाए भने मोहमद महाफूजले १६ रन बनाए भने उमर एडमले ११ रन बनाए । त्यस्तै अहमद हसनले ६, अजयान फरहतले २, इब्राहिम रिजवाले ३, अमील मोउरुफले १३ र लीम शाफिकले १९ रन बनाएका थिए ।

नेपालका लागि ललित राजबंशीले सर्वाधिक ३ विकेट लिएका थिए । ललितले ४ ओभरमा केवल ६ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै सुशान भारीले २ विकेट लिए भने पारस खड्काले एक विकेट लिएका थिए । माल्दिभ्सका तीन खेलाडी रनआउट भएका थिए ।

जारी सागमा यो खेल जितेसँगै नेपालले काश्य पदक जितेको छ ।

त्यस्तै स्वर्ण पदकका लागि आजै बंगलादेश र श्रीलंकाबीच फाइनल खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै