• २०८१ बैशाख ८ शनिबार

अनेरास्ववियुद्वारा बालबालिकामाथि भएको दमनको विरोध

kharibot

काठमडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि निर्मम दमन भएको भन्दै घटनामा सङ्लग्न दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ।

सो सङ्गठनका सहसंयोजक रञ्जीत तामाङले आज विज्ञप्ति जारी गरी स्थानीय त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा हुइँकिएर आएको ना२ख ९४५९ नंको ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको जनाएको छ।

घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो सङ्गठनले दोषीलाई कारवाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै