• २०८१ बैशाख ८ शनिबार

सिमीकोटमा आँखा शिविरमा ५०२ को उपचार

kharibot

हुम्ला । नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ तथा आँखा उपचार केन्द्र हुम्ला शाखा र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आर्थिक र प्राविधिक सहयोगमा हुम्लामा आँखा शिविर सञ्चालन गरिएको छ। 

हिमालय आँखा अस्पतालका डा.हरिविक्रम अधिकारीले मुगुको बिरामीको चाप बढेकाले हुम्लामा शिविर सञ्चालन गरिएको बताए। शिविरमा मोतिबिन्दुको शल्यक्रिया ३१, साधारण शल्यक्रिया ५ गरी ५०२ जाना आँखा रोगीको उपचार भएको छ। नाम्खा गाउँपालिका–४ की ७१ वर्षीया दावा लामाले शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिए। 

उक्त शिविरमा नेत्र ज्योति सङ्घका जिल्ला शाखाका सभापति नरबहादुर रोकायाले यस पटक १३१ जनालाई चस्मा वितरण गरिएको र गत वर्षभन्दा यसपटक चिसोका कारण बिरामी सङ्ख्या कमभए पनि सातवटै गाउँपालिकाबाट बिरामीहरु सिमीकोटमा आएको जानकारी गराए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै