• २०८१ बैशाख ७ शुक्रबार

सागबाट पोखराको विश्व खेलकूदमा पहिचान

kharibot

कास्की । १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। 

सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर उनले सागमा सहभागी खेलाडीले देखाएको प्रदर्शनले निकै हर्षको अनुभूति गराएको र आगामी दिनमा समेत अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न पोखरा सक्षम छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गरेका छन्।

साग आयोजनाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको र प्रतियोगिताका क्रममा खेलाडी तथा अफिसियलको पोखरा बसाइँ सुखद् र यादगार बनाउन भूमिका खेल्ने होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम पोखरेली खेलप्रेमीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।

पोखरामा आयोजना गरिएको आर्चरी, फुटबल (महिला), ह्याण्डबल (महिला/पुरुष), बिचभलिबल (महिला/पुरुष), भारोत्तोलन (महिला/पुरुष), ब्याडमिन्टन (महिला/पुरुष), ट्रायथोलन (महिला/पुरुष) र क्रिकेट (महिला) का खेल भव्यताका साथ सम्पन्न भएकासमेत संयोजक पुनले उल्लेख गरेका छन्।

पोखरामा सम्पन्न खेलमा खेलाडी र प्रशिक्षक ८४२ तथा रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै