• २०८१ बैशाख १२ बुधबार

दशरथ रंगशाला बाहिर दर्शकमाथि कुटपिट, पत्रकारसमेत घाइते 

kharibot

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनको दिन समाचार सङ्‍कलनका क्रममा प्रहरीले पत्रकार सुमन चापागाईंलाई कुटपिट गरेको छ ।

नागरिक दैनिकमा कार्यरत पत्रकार चापागाईंलाई प्रहरीले मङ्‍गलबार बिहान दशरथ रङ्‍गशाला परिसरमा कुटपिट गरी घाइते बनाएको हो । प्रहरीको कुटपिट भएका घाइते उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।

रङ्‍गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो ।

आज नेपाल र भूटानबीच हुने पुरुष फुटबलको फाइनलको टिकट नपाएर अन्योलमा रहेका दर्शक टिकटका लागि दशरथ रंगशाला बाहिर पुगिरहेका बेला प्रहरीले उनीहरुमाथि लाठि प्रहार गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै