• २०८१ बैशाख ७ शुक्रबार

भारतीय गृहमन्त्री शाहलाई प्रतिबन्ध लगाउन अमेरिकी आयोगको सुझाव

kharibot

नयाँ दिल्ली । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतामाथि अमेरिकी  आयोग (यूएससीआईआरएफ) ले  भारतीय संसदको तल्लो  सदन लोकसभामा नागरिकता संशोधन विधेयक पास भएकोमा चिन्त व्यक्त गरेको छ । 

एक प्रेस रिलीजमा आयोगले यो विधेयक संसदबाट पास भएपछि, अमेरिकी सरकारले भारतको गृहमन्त्री अमित शाह र अन्य प्रमुख नेताहरुमाथि प्रतिबन्ध लगाउने विषयमा पुन: एक पटक सोच्नुपर्ने धारणा व्यक्त गरेको छ ।

सोमवार राति लोकसभाले नागरिकता संशोधन विधेयक पास गरेको छ । अब यो  राज्यसभामा पेश गरिने छ । यस विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानलाई छ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, ईसाई र सिख) संग जोडिएका मानिसलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ ।

अमेरिकी  आयोगको अनुसार यो  भारतको सेक्युलर इतिहास र भारतीय संविधानको विपरित छ । जसले बिना कुनै धार्मिक भेदभाव, समानताको ग्यारेन्टी दिन्छ ।

यस विधेयकका अनुसार भारतमा भारतीय नागरिकताको लागि धार्मिक टेस्ट पास गर्नुपर्ने हुन्छ, जसमा लाखौ मुसलमानहरुको नागरिकता रद्ध हुनेछ । 

पहिलो पटक जनवरी २०१९ मा लोकसभाले क्याब पास गरेको थियो । तर विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले राज्यसभाबाट भोट गर्नुभन्दा अगाडि उक्त विधेयकलाई फिर्ता लिएको थियो । 

नयाँ चुनाब पछि फेरि त्यही सरकार बन्यो र उक्त विधेयकलाई फेरि लोकसभामा पेश गरियो र लोकसभाले यसलाई पास गरेको छ । 

कानून बन्नुभन्दा पहिला यसलाई संसदको दुबै सदनबाट पास हुनुपर्ने छ ।

सोमवार राती अबेरसम्म चलेको बहसपछि भारतीय संसदको तल्लो सदन लोकसभामा भोटिङ गरियो जसमा विधेयकको पक्षमा तीन  सय ११ भोट प्राप्त भयो र  विपक्षमा ८० भोट ।

विधेयक पास भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । केन्द्रिय गृहमन्त्री अमित शाहको तारीफ गर्दै भारतको पुरानो परम्परा र मानवीय मूल्यको  विश्वासको उपज रहेको बताएका छन् ।

कांग्रेससमेत थुप्रै विपक्षी पार्टीले यसको विरोध गरेका छन् र यसले भारतीय संविधानको भावनाको विरुद्ध  भएको बताएका छन् । तर सरकाले भने यस विषयमा केहि बोलेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै