• २०८१ बैशाख ११ मंगलबार

साग फुटबल फाइनल : सुनिल बलको गोलमा नेपालद्वारा २-१ को अग्रता

kharibot

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत अगिले नेपाल र भुटानबीच फाइनल खेल भइरहेको छ ।

अहिले पहिलो हाफसम्मको खेलमा नेपालले भुटानमाथि २-१ ले अग्रता लिएको छ ।

नेपालकाल आगी सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । सुनिलले खेलको ५४औ मिनेटमा गोल गरेका हुन् ।

यस अघि नेपालले खेलको १७औ मिनेटमा १-० गोलको अग्रता लिएको थियो । नेपालका लागि अभिषेक रिजालले १७औ मिनेटमा गोल गर्दै भूटानविरुद्ध अग्रता लिएको थियो । अभिषेकले यस सागमा आफ्नो तेस्रो गोल गरेका छन् । त्यस्तै भुटानका लागि भुटानका रोनाल्डो भनिने चेन्चो ग्याल्सेनले खेलको ३६औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलको विजेताले स्वर्ण पदक जित्ने छ भने पराजित हुने टिमले रजत पदक जित्ने छ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ हो भने नेपालले यस अघि तीन पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ । नेपाल यसअघि १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो भने १९८४, १९९३ र २०१६ मा स्वर्ण पदक जितेको थियो ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै