• २०८१ बैशाख ७ शुक्रबार

सकियो साग : नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन

kharibot

काठमाडौँ । गत मङ्सिर १५ गतेबाट संचालन भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले अहिलेसम्मकै सर्वाधिक स्वर्ण जितेर नयाँ किर्तिमान बनाएको छ । 

यस सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो ।

नेपालले पदक तालिकामा ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरि कुल २०६ पदक जितेर घरेलु मैदानमा सम्पन्न सागमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपाली जलपरीको उपमा पाएकी पौडी खेलाडी गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने किर्तिमान बनाएर यस सागलाई स्मरणीय बनाएकी छन् । यस सागमा गौरिकाले ४ स्वर्ण २ रजत र ३ काश्य पदक जितेकी छन् ।

नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दोमा जित्यो । तेक्वान्दोमा नेपालले कुल १२ वटा स्वर्ण र कराँतेमा १० वटा स्वर्ण जितेको छ ।

त्यस्तै नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेर यस अघिको सागमा जितेको स्वर्ण पदकलाई निरन्तरता दिएको छ । साइक्लिङ, ट्रायथलन, गल्फ, बक्सिङ, एथलेटिक्समा नेपालले आशा गरे भन्दा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भयो ।    

यसरी सागको समापन हुदै गर्दा भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ काश्यसहित कुल ३१२ वटा पदक जितेर शिर्ष स्थानमा रह्यो ।

त्यस्तै श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा काश्यसहित २५१ वटा पदक जित्यो भने पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा काश्यसहित १३१ पदक जित्न सफल भयो । 

त्यस्तै बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काश्यसहित १३८ पदक जित्यो । त्यस्तै माल्दिभ्सले १ स्वर्ण र ४ वटा काश्य जित्यो भने भूटानले ७ रजत १३ काश्य पदक जित्न सफल भयो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै