• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पतालमा  

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित डायलासिस गर्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

१३औ सागको समापन समारोह निवासबाटै हेरेर प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । समापन समारोहलाई रंगशालामै पुगेर सम्बोधन गर्ने कार्यक्रम भएको भएपनि स्वास्थ्यका कारणले प्रधानमन्त्रीले भिडियो संदेश मात्र पठाएका थिए ।

गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ नियमित डायलासिसको लागि अस्पताल लगिएको हो ।

प्रधानमन्त्री डायलासिसपश्चात आजै बालुवाटार फर्किने प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । प्रत्यारोपण गरेको मृगौलामा समस्याका कारण प्रधानमन्त्रीको यस अघि पनि पटक पटक डायलासिस गरिदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै