काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंलगबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मुल्य पनि बुधबार स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।