• २०८१ बैशाख ६ बिहीबार

अर्जुन रेड्डी फेम अभिनेत्री शालिनीको बलिवुडमा रणवीरको अपोजिट डेभ्यु

kharibot

मुम्बई । तेलुगु फिल्मको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिवुडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केहि महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन रेड्डी फेम हिरोइन शालिनी पाण्डेले पनि बलिवुडमा ठुलो ब्रेक पाएकी छन् ।

अभिनेत्री पाण्डेले रणवीर सिंहको आउदो फिल्म जयेशभाई जोरदारमा यशराज ब्यानरले साइन गरेको छ । यशराजले पाण्डे रणवीरको अपोजिट हुने कन्फर्म गरेको छ । यो फिल्म महिला शसक्तिकरणमा बन्न लागेको बताइएको छ । यस फिल्ममा रणवीर सिंह एक गुजरातीको भूमिकामा देखिदै छन् ।

पाण्डेले बलिवुड डेभ्युका बारेमा खुशी व्यक्त गर्दै यशराज ब्यानरबाट कास्ट हुने कलाकारको सपना हुने भन्दै आफुले यस अवसरको सदुपयोग गर्दै आफ्नो प्रतिभा देखाउने बताएकी छन् ।

यो फिल्मलाई दिव्यांग ठक्करले निर्देशन गर्दै छन् भने फिल्म आउदो बर्ष रिलिज हुदै छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै