• २०८१ बैशाख ८ शनिबार

च्याम्पियन्स लिगको अन्तिम १६ टिमको टुंगो, को को पुगे ?

kharibot

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टिमको टुंगो लागेको छ । गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिम तय भएको हो ।

प्रिमियर लिगका चार टिम लिभरपुल, म्यानचेस्टर सिटी, टोटनह्याम र चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् भने स्पेनिस लिगबाट बार्सिलोना, रियल म्याड्रिड, एटलेटिको म्याड्रिड र भलेन्सिया अन्तिम १६ मा पुगेका छन् ।

त्यस्तै इटालियन सिरी ए बाट युभेन्टस, नापोली र एटलान्टा अन्तिम १६ मा पुगेका छन् । त्यस्तै जर्मनी लिगबाट बायर्न म्युनिख, लेइपजिंग र डोर्टमण्ड अन्तिम १६ पुगेका छन् । त्यस्तै फ्रेन्च लिगबाट पिएसजी र लियोन अन्तिम १६ मा पुगेका छन् ।

अब अन्तिम १६ को ड्रमा समुहमा पहिलो हुने र दोस्रो हुनेका ८-८ टिमलाई अलग अलग पटमा राखेर ड्र हुने छ ।

१६ टिम :

समुह विजेता :

१.    बार्सिलोना
२.    बायर्न म्युनिख 
३.    युभेन्टस 
४.    लिभरपुल
५.    म्यानचेस्टर सिटी
६.    पिएसजी 
७.    आरबी लेइपजिंग
८.    भलेन्सिया 

समुह उपविजेता :

१.    नापोली
२.    रियल म्याड्रिड 
३.    टोटनह्याम
४.    डोर्टमण्ड
५.    लियोन
६.    चेल्सी 
७.    एटलान्टा 
८.    एटलेटिको म्याड्रिड

अब अन्तिम १६ को ड्रमा यसअघि एकै समुहमा भएका र आफ्नो देशका क्लब नपर्ने गरि ड्र हुने छ ।

अन्तिम १६ मा  कुन टिम कुन टिमसँग पर्न सक्छन् : 

१.    बार्सिलोना : नापोली, टोटनह्याम, लियोन,चेल्सी, एटलान्टा ।
२.    बायर्न म्युनिख : नापोली, रियल म्याड्रिड, लियोन, चेल्सी, एटलान्टा, एटलेटिको म्याड्रिड ।
३.    युभेन्टस : टोटनह्याम, रियल म्याड्रिड, चेल्सी, लियोन, डोर्टमण्ड, एटलेटिको म्याड्रिड ।
४.    आरबी लेइपजिंग : टोटनह्याम, रियल म्याड्रिड, चेल्सी, एटलान्टा र एटलेटिको म्याड्रिड ।
५.    पिएसजी : टोटनह्याम, चेल्सी, नापोली, डोर्टमण्ड, एटलान्टा, एटलेटिको म्याड्रिड ।
६.    भलेन्सिया : टोटनह्याम, नापोली, डोर्टमण्ड, लियोन, एटलान्टा  ।
७.    रियल म्याड्रिड : बायर्न म्युनिख, म्यानचेस्टर सिटी, युभेन्टस, आरबि लेइपजिंग, लिभरपुल, भलेन्सिया ।
८.    डोर्टमण्ड : म्यानचेस्टर सिटी, युभेन्टस, बार्सिलोना, लिभरपुल, भलेन्सिया र पिएसजी ।
९.    लियोन : बार्सिलोना, बायर्न म्युनिख, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, भलेन्सिया ।
१०.    नापोली : बार्सिलोना, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, भलेन्सिया, पिएसजी, आरबी लेइपजिंग ।
११.    एटलेटिको म्याड्रिड : बायर्न म्युनिख, लिभरपुल, म्यानचेस्टर सिटी, पिएसजी, लेइपजिंग ।
१२.    एटलान्टा : बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, पिएसजी, आरबि लेइपजिंग, भलेन्सिया ।

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र डिसेम्बर १६ मा स्विटजरल्याण्डको नियोनमा हुने छ । अन्तिम १६ का पहिलो लिगका खेल फेब्रुअरी १८/१९ र २५/२६ तथा दोस्रो लिग मार्च १०/११ र १७/१८ मा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै