• २०८१ बैशाख ४ मंगलबार

विराट र रोहितको गजब संयोग : टी-२० मा दुवैको २६ सय ३३ रन

kharibot

काठमाडौँ । अहिले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई भारतीय खेलाडीबीच धेरै रन बनाउने प्रतिष्पर्धा नै चलेको छ । ती हुन् भारतीय टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा ।

दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेका उत्कृष्ट ब्याट्सम्यान हुन् । गएराती वेस्टइन्डिजविरुद्धको टी-२० पछि दुवैले गजबको संयोगका साथ टी-२० क्रिकेटमा बराबरी रन बनाएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित र विराटले समान २६ सय ३३ रन बनाएका हुन् ।

वेस्टइन्डिजविरुद्ध रोहितले ७१ रनको पारी खेले भने विराट अविजित हुदै ७० रन बनाएपछि यस्तो संयोग बनेको हो । तर इनिंगका हिसाबले भन्ने हो भने रोहित भन्दा विराट अगाडी रहेका छन् । विराटले ७५ खेलका ७० इनिंगमा २० पटक नटआउट रहदै २६ सय ३३ रन बनाएका छन् । उनको औसत ५२.६६ रहेको छ ।

जबकी रोहितले १०४ खेलका ९६ इनिंगमा १४ पटक अविजित रहदै २६ सय ३३ रन बनाएका हुन् । रोहितको औसत भने ३२.१० रहेको छ ।

तर शतकको मामिलामा भने विराट भन्दा रोहित धेरै अगाडी रहेका छन् । एकदिवसीय क्रिकेटमा ४३ र टेस्ट क्रिकेटमा २७ शतक बनाएका विराटले टी-२० अन्तर्राष्ट्रिय खेलमा भने अहिलेसम्म शतक बनाउन सकेका छैनन् । जबकी रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलमा ४ शतक बनाएका छन् ।

विराट र रोहितपछि टी-२० मा धेरै रन न्युजील्याण्डका मार्टिन गप्टिलले बनाएका छन् । उनले २४ सय ३६ रन बनाएका छन् ।

त्यस्तै पाकिस्तानका शोयब मल्लिकले २२ सय ६३, न्युजील्याण्डका ब्रेण्डम म्याकुलले २१ सय ४०, अस्ट्रेलियाका डेविड वार्नरले २ हजार ७९ र इङल्याण्डका इयोन मोर्गनले २ हजार २ रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै