• २०८१ बैशाख १३ बिहीबार

नेकपाभित्र सभामुखको रस्साकस्सी, को को छन् अगाडी ?

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी जारी रहेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरा हिरासतमा पुगेपछि खालि भएको सभामुख पदमा अहिले पुर्व सभामुख सुबास नेम्वाङ सबैभन्दा अगाडी देखिएका छन् । 

त्यस्तै नेकपाबाट सभामुखको दौडमा पूर्वमन्त्री अग्नि सापकोटा, देव गुरुङ, पुर्व सभ्मुख ओनसरी घर्तिमगरको नाम अगाडी आएको छ । त्यस्तै हाल उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाफेपनि अझै दौडमा रहेकी छन् ।

अहिले नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियामा अनुभवी भएकाले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव राखेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पार्टीभित्र आगामी एकताको महाधिवशेनसम्म पूर्ववत् समूहको अवस्था यथावत् रहेकाले त्यसलाई सभामुख चयनमा पनि सम्बोधन गर्नुपर्ने मत राख्दै अग्नि सापकोटालाई सभामुख बनाउन प्रस्ताव राखेको बताइएको छ ।

दुई अध्यक्षबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको आगामी स्थायी समिति बैठकका एजेन्डाबारे पनि छलफल भएको थियो । जुन बैठकमा दुई अध्यक्षबीच प्रतिनिधिसभाको सभामुख चयनका विषयमा सामान्य परामर्श गरेको बताइएको छ । 

नेकपाले मंसिर २७ मा सचिवालय र मंसिर २९ मा स्थायी समिति बैठक बोलाएकाले पनि अब सभामुख चयनको विषय प्रमुख एजेन्डा नै रहेको छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुनाले पनि नेकपा सभामुखको उम्मेदवार तोक्न दबाबमा परेको छ ।

संबिधान अनुसार सभामुख र उपसभामुख एकै दलबाट हुन नसक्ने प्रावधानका कारण सभामुख आफुले लिएर उपसभामुख समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा या हाल असन्तुष्ट रहेको राजपालाई दिन सक्ने देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै