• २०८१ बैशाख ६ बिहीबार

‘म यस्तो गीत गाउछु २' को गीतमा पुजा र पलको रोमान्टिक अवतार

kharibot

काठमाडौँ । सुदर्शन थापा निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘म यस्तो गीत गाउछु २' को पहिलो गीत सार्वजनिक गरिएको छ ।

अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाहलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको 'तिम्रो घरको वरिपरी' शिर्षकको गीतमा सोनाम तोप्देन र नेपाल आइडल फेम गायिका अश्मिता अधिकारीको स्वर रहेको छ ।

अर्जुन पोखरेलको लेखन र संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।

२ वर्ष अगाडी रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउछु’ मा सँगै काम गरेको पुजा र पलको जोडी यस फिल्ममा दोहोरिएको हो ।

निर्देशक थापाले २ वर्ष अघि नै यस चलचित्रको घोषणा गरेका भएपनि त्यसपछि पुजा र आकास श्रेष्ठलाई लिएर ‘रामकहानी’ बनाएर रिलिज गरेका थिए । आगामी फागुन २३ गते प्रदर्शन मिति तोकिएको यो फिल्म प्रेम कथामै बनेको अनुमान गर्न सकिन्छ । प्रेम कथामा फिल्म बनाउने छबी बनाएका सुदर्शनले यस फिल्ममा पनि प्रेम कथा पस्किने अनुमान सजिलै गर्न सकिन्छ ।

तिम्रो घरको वरिपरी :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै