• २०८१ बैशाख ८ शनिबार

धर्म संस्कृतिले मानिसलाई अनुशासित र समाजलाई सभ्य बनाउछ - कमल थापा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म सँस्कृतिको रक्षाबाट सभ्य र सु-संस्कृत समाज निर्माण हुने बिचार ब्यक्त गरेका छन् ।

काठमाडौंको बसुन्धरामा बसुन्धरा युबा सुधार समितीद्वारा आयोजित धार्मिक कार्यक्रममा बोल्दै थापाले आफ्ना गौरबशालि ईतिहास, मूल्य मान्यताको जगेर्ना गर्नको निमित्त युबा पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए ।

कुनै पनि देशको आफ्नो विशिष्ट मौलिक पहिचान हुने गर्दछ, त्यसको रक्षाबाट नै मुलुकको समग्र प्रगती हुने भन्दै उहाँले अराजकता, ब्यभिचारी र दुराचारी भाबनाको अन्त्य गर्न पनि धर्म सस्कृतिको भुमिका महत्त्वपूर्ण हुने बताए ।

थापाले मानिसमा सकारात्मक भावनाको बिकास सङ्गै सत्कर्म र सत्प्रयासको मार्गमा लाग्नको निमित्त तथा आपसी सद्भाव र एकता कायम गर्नको निमित्त धार्मिक र आध्यात्मिक जागरण आबश्यक भएको चर्चा गरे । हत्या , हिंसा , बलात्कार , भ्रस्टाचार जस्ता बिकृती र बिसङ्गतीको अन्त्य अहिलेको प्रमुख आबश्यकता भएको भन्दै थापाले बढ्दो धर्म परिबर्तन प्रती चिन्ता ब्यक्त गरे । 

कार्यक्रममा सहयोग गर्ने र समाजका महत्त्वपूर्ण ब्यक्तिहरुलाई थापाले सम्मान एबं प्रशंसापत्र पनि वितरण गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै