• २०८१ बैशाख १२ बुधबार

ए डिभिजन लिगको मुख्य प्रयोजक कतार एयरवेज, मङ्सिर २८ मा उद्घाटन खेल हुने 

kharibot

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगले पहिलो पटक अन्तर्राष्ट्रिय प्रायोजक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार एयरवेजसँग २०७६ सालको लिगका लागि सम्झौता गरेको हो ।

एक वर्षको लागि १ करोड ७० लाख (१ लाख ५० हजार अमेरिकी डलर) रुपैयाँमा उक्त लिग सम्झौता भएको हो । प्रायोजनको रकम पहिलो किस्तामा ९० हजार डलर र दोस्रो किस्तामा ६० हजार डलर गरि दुई किस्तामा उपलब्ध हुने एन्फाले जनाएको छ ।

१४ क्लब सहभागी हुने लिग मङ्सिर २८ गतेबाट संचालन हुदै छ । एन्फाका अनुसार लिगमा कुल ९१ खेल हुने छन् भने सबै भन्दा कम अंक हासिल गर्ने एक टिम मात्र रेलिगेसनमा पर्ने छ ।

एन्फाले लिगको तयारीका लागि सबै क्लबलाई २०-२० लाखका दरले रकम दिएको जानकारी दिएको छ । लिगमा प्रथम हुनेले ५० लाख पुरस्कार पाउने छ भने दोस्रो हुनेले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौ हुनेले ७ लाख र छैठौ हुनेले ५ लाख नगद पाउने एन्फाले जनाएको छ ।

साथै लिगमा प्रत्येक खेलमा विजयी हुने टिमलाई ५० हजार दिइने छ भने खेल बराबरी भएमा १५-१५ हजार दिइने एन्फाले जनाएको छ । लिगका उत्कृष्ट ५ खेलाडी (स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र कोच) लाई जनही एक लाख ५० हजार पुरस्कार दिने एन्फाले जनाएको छ । साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार र प्रतियोगिताको फेयर टिमलाई एक लाख पुरस्कार दिने एन्फाले जनाएको छ ।

एन्फाले लिग संचालन गर्न अनुमतीं ६ करोड ६० लाख खर्च हुने जानकारी दिएको छ । 

लिगमा प्याराफिटतर्फको तिक्त २ सय तोकिएको छ भने भिआइपी प्याराफिटतर्फको टिकट मुल्य ५ सय तोकिएको छ ।

खेलको उद्घाटन खेल मङ्सिर २८ गते अपराहन्न ३ बजे मछिन्द्र क्लब र ब्रिगेड ब्वायजबीच हुने एन्फाले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै