• २०८१ बैशाख ८ शनिबार

लागुऔषधसहित दुई पक्राउ

kharibot

हेटौँडा । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन्।

उनीहरुलाई प्रहरी चौकी भैँसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भीमफेदीबाट हेटौँडातर्फ आइरहेको बा ४० प ७२४० नं. को पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीले बीचमा राखी ल्याएको उक्त परिमाणको चरेस फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै