• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर : नेप्से ११ सय ७२ अंकमा, दुई अर्ब ५६ करोडको किनबेच

kharibot

काठमाडौं । यो साता नेप्से परिसुचक ११ सय ७२ दसमलव ६४ अंकमा पुगेको छ।

सेन्सिटिभ पनि यो साता दुई सय ५५ दसमलव ६० अंकमा पुगेको छ। यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेकोमा पाँचै दिन नेप्से बढेको छ।

यो साता नेप्सेमा एक सय ७३ कम्पनीहरुको ३६ हजार चार सय ४५ वटा कारोवारमा ८२ लाख ४६ हजार पाँच सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम दुई अर्ब ५६ करोड ५६ लाख ५० हजार २३ रुपैयाँ पुगेको छ।

कारोवार रकम गत साताको भन्दा बढी हो। गत साता भने नेप्सेमा एक सय ७४ कम्पनीहरुको २३ हजार दुई सय नौ वटा कारोवारमा ४५ लाख ९७ हजार आठ सय ५९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३७ करोड २४ लाख २९ हजार पाँच सय ३७ रुपैयाँ पुगेको थियो।

यो साता पहिलो दिन नेप्से तीन दसमलव ४५ अंकले बढेर ११ सय ३५ दसमलव ३७ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ७५ अंकले बढेर दुई सय ५० दसमलव ५२ अंकमा पुगेको थियो।

दोस्रो दिन पनि नेप्से १३ दसमलव ५१ अंकले बढेर ११ सय ४८ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ दुई दसमलव ६५ अंकले बढेर दुई सय ५३ दसमलव १७ अंकमा पुगेको थियो।

तेस्रो दिन पनि नेप्से दुई दसमलव ४८ अंकले बढेर ११ सय ५१ दसमलव ३६ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ३३ अंकले बढेर दुई सय ५३ दसमलव ५० अंकमा पुगेको थियो।

चौंथो दिन पनि नेप्से १० दसमलव ११ अंकले बढेर ११ सय ६१ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ एक दसमलव ६९ अंकले बढेर दुई सय ५५ दसमलव १९ अंकमा पुगेको थियो।

पाँचौ दिन पनि नेप्से ११ दसमलव १७ अंकले बढेर ११ सय ७२ दसमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ४१ अंकले बढेर दुई सय ५५ दसमलव ६० अंकमा पुगेको थियो।

यो साता स्वालम्वन लघुबित्त बित्तीय संस्थाको संस्थापक सेयर, नेपाल बैंक, माछापुच्छ्रे बैंक आदिको बढी रकम कारोवार भएकाछन् भने डिप्रोक्स लघुबित्त बित्तीय संस्था, एनआईसी एशिया बैंक, नेपाल बैंक आदिको बढी सेयर कारोवार भएकाछन्।

बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक आदि परेकाछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै